समाचार

ओलीविरुद्ध कांग्रेस निर्वाचन आयोगमा, कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीविरुद्ध निर्वाचन आयोगमा उजुरी हालेको छ ।

प्रधानमन्त्री ओलीले निर्वाचनको मौन अवधिमा आचार संहिता उल्लंघन गर्दै एमालेका राष्ट्रिय सभा उम्मेदवार रामबहादुर थापा बादललाई भोट मागेपछि कांग्रेसले आज उनलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको हो ।

कांग्रेसको बुधबार बसेको संसदीय दलको बैठकले निर्वाचन आचार संहिता उल्लंघन गर्दै प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बादललाई भोट माग्नु निर्वाचनको आधारभूति सिद्धान्तविपरीत गरेको ठहर गरेको थियो । त्यसैले निर्वाचन आयोगको आचार संहिता २०७२ को उपदफा ५ (घ) (३) र (५) र दफा (६) विपरीत ककार्य गर्ने जोकोहीलाई कारबाही गर्न कांग्रेसले माग गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *