देश

पूर्वसांसद एवं एमाले नेता यादवको कोरोनाले मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण पूर्वसांसद एवं एमाले नेता योगनारायण यादवको मृत्यु भएको छ ।

उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । धनुषाको सबैला नगरपालिका–१ घर भएका यादव २०५६ सालमा सांसद निर्वाचित भएका थिए ।

एमाले नेता विष्णु रिजाल, निरज आचार्यलगायतले यादवको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक सञ्जालमा लेखेका छन् ।
दुवै मिर्गौला खराब भएपछि उनी मिर्गौला प्रत्यारोपणको तयारीअनुसार मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *