समाचार

मुलुकका ७२ जिल्लामा निषेधाज्ञा

काठमाडौँ । मुलुकमा पछिल्लोसमय ह्वात्तै बढेको कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७२ पुगेको छ।

गृह मन्त्रालयका अनुसार हाल देशका ६५ जिल्लामा पूर्ण निषेधाज्ञा जारी छ भने धनकुटा, सिन्धुपाल्चोक, ताप्लेजुङ, मकवानपुर, काभ्रे, सप्तरी र रामेछापमा आंशिक निषेधाज्ञा लगाइएको छ । अब निषेधाज्ञा जारी हुन बाँकी जिल्लाको संख्या पाँच मात्रै छ। जसमा मनाङ, मुस्ताङ, खोटाङ, रुकुम पुर्व र तेह्रथुम रहेका छन् ।

सरकारले अवस्था हेरेर निषेधको आदेश जारी गर्नसक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ । सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।

[pdfjs-viewer viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/05/2078_01_28_गते_बेलुका_७_बजे_सम्मको_निषेधाज्ञा_जारी_सम्बन्धी_विवरण.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 search_term=”” ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *