काठमाडौं । प्रधानमन्त्री केपी ओली आइसोलेसनमा नभएको उनको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार एक सूचना जारी गर्दै ओली आइसोलेसनमा नरहेको स्पष्ट पारेका हुन् ।
ऊर्जामन्त्री टोपबहादुर रायमाझी, एमाले नेताद्वय खिमलाल भट्टराई र विष्णु रिजाल कोरोना संक्रमित भएपछि ओली कन्ट्याक ट्रेसिङमा परेको भन्दै उनी होम आइसोलेसनमा रहेको समाचार सार्वजनिक भएको थियो । ओलीको पिसिआर परीक्षण गरिएको वा नगरिएको बारे सल्लाहकार थापाले कुनै जानकारी गराएका छैनन् ।
‘मिडियाको भ्रम प्रचार : कतिपय सञ्चारमाध्यमले नियोजित रूपमा प्रधानमन्त्री आइसोलेसनमा भनी तथ्यहीन सम्प्रेषण गरेर भ्रम फैलाउनु खेदजनक छ। भेरिफाई नै नगरी यस्तो दुष्प्रचारमा संलग्न नहुन सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छु। मिडियाको आवरणमा यसरी गलत कार्य गर्नु सर्वथा गलत हा,’ थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।




