काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमति बैठक पुनः स्थगित भएको छ । आज बैशाख १५ का लागि निर्धारित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय कार्यसमितिका केही सदस्यहरु एवं केन्द्रीय कार्यालयकै कर्मचारीहरु समेतमा समेत कोरोना पोजेटिभ देखिएका कारण स्थगन भएको हो ।
बैठक तयारीका क्रममा गरिएको पीसीआर परिक्षणमा केन्द्रीय कार्यसमितिका केही साथीहरु एवं केन्द्रीय कार्यालयकै कर्मचारीहरु समेतमा कोरोना पोजेटिभ देखिएको छ मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने यस्तो स्थितिमा कोरोनाको तिब्र संक्रमण बढिरहेको बेला ठूलो संख्यामा उपस्थित भइ बैठक गर्नु अनुपयुक्त देखिएकाले आजा बस्ने भनिएको बैठक स्थगन गरिएको हो ।




