काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।
स्वास्थ्यमा समस्या बढेपछि उनलाई मंगलबार साँझ ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको हो ।
सीताको शरीरमा सोडियमको मात्रा कम देखिएपछि अस्पताल भर्ना गरिएको जनाइएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । केही महिनाअघि सीता भारतमा उपचार गरेर फर्किएकी थिइन् । उनलाई पार्किसन्स जस्तो जटिल रोग लागेको छ । अमेरिका, सिंगापुरदेखि भारतमा उपचार गराउँदा पनि सफल हुन सकेको छैन ।




