पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन् ।
कोभिड–संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।
भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएको केही दिनमै उनीहरु काेराेना संक्रमित भएका थिए । उनीहरुले भारतबाट फर्किएर आउना साथ आफ्नो कोरोना परीक्षण गराएका थिए ।




