समाचार

कुम्भ मेलामा पूर्वराजाको भव्य स्वागत, मुख्यमन्त्री आदित्यनाथले गरे सम्मान

काठमाडौं । कुम्भ मेला भर्न पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई हरिद्वारमा भव्य स्वागत गरिएको छ । पूर्वराजा शाह आइतबार बिहान हरिद्वारा पुगेका हुन् ।

पूर्वराजा शाहलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सम्मान पत्र प्रदान गरेका थिए । आदित्यनाथ नेपालमा हिन्दु राष्ट्र पुनःस्थापना हुनुपर्ने लबिङमा लागेका छन् ।

उनी निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा हरिद्वार पुगेका हुन्। हरिद्वारको गंगा किनार अवस्थित अनादि श्री सिद्ध पीठ श्री दक्षिणकाली मन्दिरमा रहेको आश्रममा आइतबार बिहान ९ बजे वैदिक मन्त्रोच्चारण साथ पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत गरिएको हो। पूर्वराजाले दक्षिणकालीको पूजा अर्चनामा झन्डै ४५ मिनेट बिताएका थिए ।

अखिल भारतीय अखाड़ा परिषदका अध्यक्ष श्री महन्त नरेन्द्र गिरी एवं मनसादेवी मन्दिर ट्रस्टका अध्यक्ष श्री महन्त रविन्द्र पुरीलगायतका अन्य थुप्रै साधु सन्तले उनलाई स्वागत गर्दै आशीर्वाद दिने छन् । पूर्वराजा शाह आज र भोलि हरिद्वारमै रहने छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *