समाचार

भारतमा कोरोना भयावह, एकै दिन ६२ हजार संक्रमित

काठमाडौं । भा्रतमा कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएको छ । केही दिनअघिसम्म ह्वात्तै घटेको कोरोना अहिले डढेलो जसरी फैलिएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६ सय ३१ जनामा संक्रमण पुष्टि भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।
पछिल्लो वृद्धिसँगै संक्रमितको कुल संख्या १ करोड १९ लाख ७१ हजार ४ पुगेको बताइएको छ। हालसम्म भारतमा १ करोड १३ लाख २१ हजार ५ सय ७८ जना सङ्क्रमणमुक्त भएको बताइएइको छ।

भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ८७ हजार ८ सय ४० छ। सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६१ हजार ५ सय ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ३ सय ११ जनाको मृत्यु भएको छ।

भारतमा कोरोना भाइरसका दुई प्रकार देखिएको छ । कोरोनाविरुद्धको खोप लगाउने पनि यी भाइरसबाट सुरक्षित नभएको बताइन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *