देश

सर्वोच्चमा प्रस्तावित न्यायाधीशद्वय सुवेदी र चुडालको सुनुवाइ प्रक्रिया सुरु, उजुरी माग

काठमाडौं । गत फागुन २८ गते बसेको न्यायपरिषद्को बैठकले डा. कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले दुई न्यायाधीशको सुनुवाइ प्रक्रिया सुरु गर्दै उनीहरुविरुद्ध १० दिनभित्र उजुरी माग गर्ने निर्णय गरेको छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुवेदी सर्वोच्च अदालतमा न्यायाधीशका लागि सिफारिस भएका छन् । नेपालको संविधानको धारण २९२ तथा न्याय परिषद्को ऐन २०७३ को दफा ६ बमोजिम संसदीय सुनुवाइ भएपछि नेपालको संविधानको धारा १२९ बमोजिम राष्ट्रपतिसमक्ष नियुक्तिका लागि उनीहरुको सिफारिस गरिनेछ ।

न्याय परिषद्ले गत शुक्रबार सर्वोच्च अदालतका लागि दुई र उच्च अदालतमा १६ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो। उच्चको हकमा सुनुवाइ हुँदैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *