समाचार

वामदेव गौतमले पनि बोलाए आफू पक्षीय नेताहरूको बैठक

काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले आफू निकट नेताहरूको बैठक बोलाएका छन् । गौतमले मंगलबार बिहान बल्खुमा बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री केपी अ‍ोलीले उपाध्यक्षसहित एमालेका सबै पदाधिकारी खारेज गरेपछि सोही विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ । गौतमले यसअघि प्रधानमन्त्री अ‍ोलीसँग मिल्ने र सँगै जाने सबै सम्भावना समाप्त भएको घोषणा गरेका थिए ।

गत शुक्रबार प्रधानमन्त्री ओलीले महासचिवबाहेकका सबै पद खारेज गरेका थिए । उनले आफू निकट नेताहरुको केन्द्रीय कमिटी बैठक राखेर नेपाल पक्षले पाएका सबै जिम्मेवारी खोसेपछि माधव नेपाल पक्ष रुष्ट छ ।

प्रधानमन्त्री ओलीले मंगलबार बिहान बालुवाटारमा चियापान आयोजना गरेका छन् । उनले सबै केन्द्रीय सदस्यलाई निमन्त्रणा गरेका छन् । तर, ओलीकै चियापानको समय पारेर वामदेवले आफू निकट नेताहरूको बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ । आफूसँग छलफल नगर्ने ओलीको मनसायपछि वामदेवले मंगलबार बैठक बोलाएका हुन सक्ने बताइन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *