समाचार

प्रकाण्डलाई लिएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पसे विप्लव

काठमाडौं । सरकारले राजनीतिक प्रतिबन्ध फुकुवा गरेसँगै नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौं आइपुगेका छन् । उनी शुक्रबार बिहान नवलपरासीबाट सार्वजनिक भएका हुन् ।

प्रहरीको स्कर्टिङमा काठमाडौं आइपुगेका विप्लव प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

राष्ट्रिय सभा गृहमामा ओलीसँग संयुक्त सम्बोधन गर्नुअघि प्रधानमन्त्री ओलीलाई भेट्न पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई बा१३च ३१३४ नम्बरको गाडीमा हालेर विप्लव प्रधानमन्त्री निवास प्रवेश गरेका हुन्।

शुक्रबार दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा आयोजित विशेष समारोहमा सरकार र विप्लव समूहबीच भएका सहमतिको विस्तृत विवरण सार्वजनिक गर्ने र प्रधानमन्त्री ओली र महासचिव विप्लवले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । बिहीबार भएको सहमतिपछि विप्लव नेकपा शान्ति प्रक्रियामा आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *