काठमाडौैं । आफ्नो कुरा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लगाएको आरोपमा गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय अधिकृत बीरु तामाङलाई पदमुक्त गरेका छन् ।
विभाजित नेकपाका अध्यक्ष प्रचण्डलाई सूचना चुहाएको आरोपमा उनलाई पदमुक्त गरिएको बादलको सचिवालयले जनाएको छ । ओली समूहको युवा संघको भेलामा बिरु लगायतले विद्रोह गरेका थिए ।
आफ्ना कार्यकर्तालाई व्यवस्थापन गर्न नसकेको भन्दै उनीहरु बादलसँग रुष्ट थिए । गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले तामाङलाई माघ ३० गतेबाटै लागू हुने गरी हटाइएको जानकारी दिएका छन् । तर, १५ दिनपछि किन सूचना लिक गरियो भन्ने रहस्यमै छ ।




