काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमा आजबाट पुनः बहस सुरू हुँदैछ। न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिन स्थगित गरिएको बहस पुनः सुरू हुन लागेको हो।
संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा मुद्दामाथि माघ ४ गतेदेखि निरन्तर बहस हुँदै आएको छ। अहिले प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेका छन्। यसअघि रिट निवेदकका तर्फबाट ७० जनाभन्दा बढीले बहस गरेका थिए।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले माघ ३० गतेसम्मका सरकारी वकिलहरूलाई बहस सक्न निर्देशन दिइसकेका छन् । शुक्रबार सरकारले सोनाम ल्होछारको सार्वजनिक बिदा दिएकाले आज र भोलि मात्रै सर्वोच्चमा सरकारी वकिलले बहस गर्ने छन् ।




