समाचार

बिहानैदेखि देशभर उच्च सुरक्षा सतर्कता

काठमाडौं । देशभर सुरक्षा ‘हाइ अलर्ट’ मा राखिएको छ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिसमक्ष संसद् विघटनको सिफारिस गरेपछि देशभर सुरक्षा ‘अलर्ट’ गरिएको छ । देशका विभिन्न स्थानमा हुनसक्ने प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको हो ।

एक उच्च सुरक्षा अधिकारीका अनुसार अनौपचारिक रुपमा मुलुकका सबै सुरक्षा निकायले आ–आफ्नै हिसाबले सतर्कता बढाएका हुन् । प्रधानमन्त्रीको पछिल्लो कदमले मुलुकका थप संकट निम्तनसक्ने सुरक्षा निकायको विश्लेषण छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकमा ओलीले संसद् विघटनको सिफारिस गरेका थिए । ओली संसद् विघटनको प्रस्ताव बोकेर राष्ट्रपति निवास पुगेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *