काठमाडौं । मध्यबानेश्वरको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । सुरक्षा गार्ड रुद्र बहादुर गुरुङले नै बोकेको खुकुरी अपरिचित व्यक्तिले झिकेर प्रहार गरेको प्रहरीले जनाएको छ ।
खुकुरी हान्ने व्यक्तिको खोजी भइरहेको बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतले बताए । उनका अनुसार बैंकमा पैसा साट्न लाइनमा बस्दा झगडा भएको थियो । घाइते मगरको अहिले बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । ‘उनको हातमा चोट लागेको छ ।




