काठमाडौं । अभिनेत्री रेखा थापा अभिनित फिल्म ‘हिरो रिटन्स्’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।
एक्सन, प्रेम र विछोड सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार रेखा थापा, सविन श्रेष्ठ र दिल श्रेष्ठ, सरोज खनाल लगायत देखिएका छन् ।
फिल्म आशिष भेटवालले निर्देशन गरेका हुन् । ‘धुर्व तारा फिल्मस्’ र ‘सोम ओम फिल्मस्’को संयुक्त व्यानरमा निर्माण भएकोफिल्मका निर्माता भिम न्यौपाने र धुर्व न्यौपाने हुन् ।
शिवम अधिकारीको लेखन, कास्यप घिमिरेको छायाँकन तथा मित्र डि गुरुङको सम्पादन रहेको फिल्ममा दीपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजले कोरियोग्राफी तथा चन्द्र पन्तको द्वन्द्व समेटिएको छ ।
फिल्मको प्रदर्शन मिति बैशाख २६ मा तोकिएको छ ।




