मनोरञ्जन

‘लप्पन छप्पन २’को पोष्टरमा सुपर र शक्ति

काठमाडौं । फिल्म ‘लप्पन छप्पन २’ले पोस्टर सार्वजनिक गरिएको छ । मुकुन्द भट्टको निर्देशन रहेको फिल्मको बैशाख १२ रिलिज मिति तोकिएको छ । त्यसैले पनि फिल्मको प्रचार तिब्रता दिन नयाँ पोस्टर ल्याएको हो ।

पोस्टरमा दुई नव अभिनेता सुपर गुरुङ र शक्ति श्रेष्ठ देखिएका छन् । शक्ति अभिनेता शिव श्रेष्ठका छोरा हुन् । भने, सुपर ब्रिटिश लाहुरे देव गुरुङका छोरा हुन् ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रृजना सिना, रन्जीत ओन्तालगायतले अभिनयमा डेब्यु गर्दैछन् । फिल्मको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले लेखेका हुन् ।

प्रेमकथामा एक्सन मिसाएर निर्माण भएको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय रहेको छ ।

गोल्डेन हिल्स पिक्चर्ससँग इपी एजुकेशन अस्ट्रेलिया, युएमआइ ग्रुप युरोप र एमएसी मिडियाको सहकार्यमा निर्माण भएको फिल्ममा सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माता रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *