मुम्बई – पछिल्लो केही समय देखि सन्नी लियोनको मुख्य भुमिका रहेको फिल्म बाहिर आएको छैन । न त अहिले उनको हातमा कुनै फिल्म छन् । स–साना भूमिका र आइटम गीत बाहेक अन्यमा उनी देखिएकी छैनन् ।
के त्यसो हो भने उनको बलिउड करिअर सकिएकै हो त ? अब निर्माता र निर्देशकले उनीलाई फिल्ममा खेलाउँदा न छाडेकै हुन त ? यो प्रश्न अहिले उब्जिएको छ ।
आश्चर्यको कुरा यो ट कि अहिले पनि गुगल सर्चमा सन्नी लियोनको धेरै खोजी हुने गरेको छ । हरेक वर्ष उनी सर्वाधिक खोजीने सेलिब्रेटीमा पर्छिन् ।
यसै सन्दर्भमा सोधिएको प्रश्नमा सन्नी लियोनले आफूलाई अझै पनि निर्माता र निर्देशकले फिल्मको लागि अफर गरिरहेको तर आफूलाई मनपर्ने फिल्म अफर नभएको कारण नखेलेको बताएकी छन् ।




