मनोरञ्जन

‘धुलो’को आइटमा दीपाशाको जवानी तिर बुद्धीको आँखा

काठमाडौं । फागुन १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘धुलो’ को ‘चार सय चालिसको बिजुली’ बोलको आइटम गीत सार्वजनिक भएको छ । काठमाडौंको सडक गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मजदुरको जीवनशैली, सपना, संघर्ष र अवस्थाको विषय उठान गरेको फिल्मको गीतमा केशव मिश्रको शब्द छ भने दुर्गा खरेल र अनुप थापाको गायन छ ।

गीतमा जुगल डंगोलको संगीत र रामजी लामिछानेको कोरियोग्राफी छ । प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको फिल्मको गीतमा कलाकार द्वय बुद्धि तामाङ, अग्रज केसी र मोडल दिपाशा विसी फिचर छन् । निर्देशक मिश्रका अनुसार, यो आइटम ‘ड्रिम सिक्वेन्स’ हो । सुकुम्बासी बस्तीमा बस्ने दुई मजदुरको कल्पनालाई यो गीतमा प्रस्तुत गरिएको उनले बताए ।

यथार्थपरक विषयमा निर्माण भएको फिल्ममा बुद्धि र अग्रजका साथमा सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीसँगै नीर शाह, सुशील पोखरेल तथा लक्ष्मी बर्देवा पिशेष भूमिकामा छन । दीपा धरेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *