मनोरञ्जन

‘धन कमाउने’ गीतमा नेपालीको कथा

काठमाडौं । सुरेन बसेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘धन कमाउने’ बोलको गीतमा शब्द तथा संगीत पनि गायक सुरेनकै रहेको छ बिशाल निरौलाले संगीत संयोजन गरेको गीत मेलोडियस छ सुरेन्द्र बसेलले निर्देशन गरेको भिडियोमा श्रीमान श्रीमतीको पिडा र माया प्रेम देखाउन खोजिएको छ ।

धन कमाउन विदेश गएका श्रीमान घाइते भएर फर्के पछिको कथा भिडियोमा देखाईएको छ । सार्बजनिक गीत र भिडियोले नेपालीहरुको यथार्थ कथा बोकेको छ ।

भिडियोमा सुजन आचार्य,सुजिता तिमिल्सिना र भुमि सापकोटाको जिवन्त अभिनय रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाइ नबिन निरौलाले सम्पादन र कलर गरेका छन् । भिडियो गोल्डेन स्टार मुभिजको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *