काठमाडौं । प्रेम कथामा आधारित फिल्म‘लभ डायरिज’को टिजर सार्वजनिक गरिएको छ । सौरभ चौधरी निर्देशित फिल्मको टिजर थिम नै टाइटलमै केन्द्रित छ ।
टिजरमा फिल्मका दुइ मुख्य पात्र सुशील श्रेष्ठ र रुबिना थापा बीचको प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ । प्रेमकथानक फिल्म यस वर्षको प्रणय दिवस अर्थात फागुन २ मा दर्शकमाँझ रिलिज हुनेछ ।
विनोद सापकोटाले निर्माण गरेको फिल्ममा सुशील र रुबिनासँगै विश्वजित रिमालको पनि मुख्य भूमिका छ । यसको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् ।
शाहील खान सह(निर्देशक रहेको फिल्ममा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन, अर्जुन पोखरेलले संगीत रहेको छ । फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्टले वितरण गर्नेछ ।




