काठमाडौंमा दोस्रोपटक पनि भूकम्पको धक्का महसुस भएको छ। आइतबार साँझ दुई पटक भूकम्पको धक्का महसुस भएको हो। धादिङको खरी आसपास केन्द्रविन्दु भएर ५ बजेर ३१ मिनेट जाँदा पहिलो पटक ५ म्याग्निच्युडको भूकम्प गएको हो भने सोही क्षेत्र आसपास भएर ५ बजेर ३३ मिनेटमा ५.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
आइतबार बिहान पनि विहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको साविक खरी गाविस केन्द्रविन्दू भई ६ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका–५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन्। पटक–पटक चार रिक्टरस्केल भन्दा माथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेका स्थानीयहरुको भनाइ छ ।




