मुख्य समाचार

अमेरिकी राजदुत भेटेपछि वालुवाटार पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि वालुवाटार पुगेका छन् । त्यसअघि अध्यक्ष ओलीले नेपालस्थित अमेरिकी राजदुतसँग भेटवार्ता गरेका थिए ।

भेटमा एमसीसीका बारेमा छलफल हुने जनाइएको छ । छलफलमा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र नेता विष्णु पौडेल पनि सहभागी छन् । एमसीसी पारित गर्न सरकारमै रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सहयोग नगर्ने अबस्था बनेपछि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग छलफललाई निरन्तरता दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *