काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई पराजित गरे ।
अञ्जनले ६२ मत प्राप्त गरे भने उनका उमेशलालले ३७ मत प्राप्त गरे । अञ्जन वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान प्यानलका हुन् । उमेशलाल चन्द्र ढकाल प्यानलका हुन् ।




