काठमाडौँ- संयुक्त राज्य अमेरिका , बेलायत र दक्षिण अफ्रिकाका लागी राजदुतमा सिफारिस गरिएकाहरुको विषयमा निर्णय लिन बोलाइएको संसदिय सुनुवाइ समितिको बैठकमा उजुरीकर्ताहरु उपस्थित नभएपछि आगामी २७ गते फेरी बैठक बस्नेगरी आजको बैठक स्थगित गरिएको छ ।
गत असोज १६ गतेको मन्त्रिपरिषदले पुर्व अर्थमन्त्रि डा युवराज खतिवडालाई अमेरिका , पुर्व मुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा निर्मल कुमार विश्कर्मालाई दक्षिण अफ्रिकाका लागी नेपाली राजदुतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।




