काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीमा सर्वसाधरणलाई टीका नलगाइ दिने भएका छन् । कोरोना भाइरस महमारीको असहज परिस्थितिलाई मध्यनजर गर्दै उनले यस वर्ष टीका नलगाइदिने भएका हुन् ।
सादा पेपरमा बेनामे जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट कोरानाको असहजताको स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै दशैं पर्व शान्त, शालिनता र सादगीका रुपमा मनाउने निधो गरिबक्सेको छ । साथै मौसुफबाट यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्ति पीठहरुमा दर्शन गरिबक्सने कार्यक्रम र विजया दशमीका दिनमा टीका बक्सने कायृक्रम नहुने व्यहोरा जानकारी गराइन्छ ।’





