काठमाडौं । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी पक्ष र सरकारी टोलीबीच आज शुक्रबार पनि वार्ता चलिरहेको छ । हिजो बिहीबार दुई चरणमा भएको वार्ता सकारात्मक भएपछि थप छलफल भइरहेको बताइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीको संयोजकत्वको सरकारी टोली र डा जीवन क्षेत्रीको नेतृत्वको केसी पक्षको टोलीबीच छलफल चलिरहेको छ
डा. केसीले अघि सारेका छ बुँदे मागलाई सम्बोधन गरेर २६ दिनदेखि जारी अनसन अन्त्यको प्रयास दुबै टोलीले गरेका छन् । केसीका माग सम्बोधन गर्न वार्ता टोलीले सहमतिको मस्यौदा तयार पारेको छ । त्यसमा केही विषयमा सहमति जुटन बाँकी रहेकाले दुबै टोलीले थप छलफलमा जुटेका हुन् ।




