काठमाडौँ । धादिङ प्रहरीले गुण्डा नाइके राधे भण्डारीलाई पक्राउ गरेको छ । हिजो बिहीबार धादिङबेशीबाट रोध पक्राउ परेका हुन् । उनीविरूद्ध प्रहरीले आज मुद्दा दर्ता गरेको छ ।
सार्वजनिक शान्ति भंग गरेको आरोप उनीमाथि लगाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिमाथि धम्की दिएको आरोप भण्डारीमाथि लगाइएको छ ।
राधेको समूहले धादिङमा अवैध रूपमा बालुवा निकाल्ने गरेको थियो। जनप्रतिनिधिले बालुवा निकाल्न रोकेपछि उनले धम्की दिएको आरोप छ । जनप्रतिनिधिमाथि धम्की दिएको भन्दै राधेविरूद्ध जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी परेको थियो।
यसअघि गत वर्ष जेठमा पनि प्रहरीले राधेलाई पक्राउ गरेको थियो। खुँडा र चक्कु देखाउँदै स्थानीय बासिन्दालाई कुटपिट गरिरहेका बेला राधेसहित पाँच जना त्यसबेला पक्राउ परेका थिए।




