काठमाडौं । सन् २०२२ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) बुधबार रातीबाट खुल्ने भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली समयअनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला गरिने जनाएको छ।
अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गर्दै आएको छ। डीभी परेर जानेहरुले अमेरिकाको ग्रिनकार्ड पाउने गर्छन्। हरेक वर्ष नेपालबाट ठूलो संख्यामा नेपालीहर डीभीमार्फत अमेरिका जाने गरेका छन् ।
डीभी आवेदन यो https://np.usembassy.gov/ne/2022-diversity-visa-program-opens-ne/%E0%A4%AE%E0%A4%BEसाइटमा गएर आफै भर्न सकिने दूतावासले जनाएको छ।




