चितवन । कोरोना संक्रमणमुक्त भएकाहरुले भरतपुर अस्पतालमा प्लाज्मा थेरापीका लागि ‘प्लाज्मा दान’ गरेका छन् । विहिवार क्षेत्रिय रक्तसंचार केन्द्र भरतपुरमा आयोजित एक कार्यक्रमका बिच कोरोना संक्रमणमुक्त ३ जनाले प्लाज्मा दान गरेका हुन् । उनीहरुल कोभिड संक्रमित भई आइसोलेसनबाट निको भएकाले १४ दिनपछि रगत दिन सक्ने छन् ।
सो रगतबाट प्लाज्मा निकालेर प्लाज्मा बैंकमा सुरक्षित राख्ने र आवश्यक पर्दा संक्रमितलाई चढाउने भरतपर अस्पतालमा प्लाज्मा थेरापीका लागि सम्पुर्क व्यक्ति गोपालप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले आज नै ओ पोजेटिभ रगत समुह भएका २ जना र वि. पाजेटिभ १ जनाले प्लाज्मा दान गरको बताउनुभयो । रगतमा भएको सेतो कोष हटाएर बनेको झोल पदार्थ नै प्लाज्मा हो । अठार वर्ष उमेर पुगेकााहरुले रगतको प्लाज्मा दिन सक्छन् ।
कोरोना सङ्क्रमणबाट निको भएकाले गम्भिर संक्रमितहरुका लागि रक्तदान गरेको पौडेलले बताउनुभयो ।भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जटिल प्रकारका संक्रमितको संख्या बढिरहेकाले उनीहरुको प्लाज्मा थेरापीबाट उपचार गर्नुपर्ने भएको बताउनु भयो । उहाँले निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिन्छ । यो विधिमार्फत कोरोनाभाइरसबाट हुने मृत्युदर कम हुने डा अधिकारीले प्रष्टाउनु भयो ।
भरतपुरका कोरोना संक्रमित भएर निको हुनुभएका माधव पौडेलले प्लाज्मा थेरापीका लागि रक्तदान गर्न सबैलाई अपिल गर्नुभएको छ । भरतपुर अस्पतालले प्लाज्मा थेरापीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट स्वीकृति लिइसकेको छ । प्लाज्मा बैंक का लागि भने क्षेत्रिय रक्तसञ्चार केन्द्र भरतपुरले आवश्यक तयारी गरिसकेको केन्द्र प्रमुख रमेशकान्त पौडेलले जानकारी दिनुभयो ।
प्लाजमा थेरापीको सचेतनाका लागि नेपाल रेडक्रस सोसाइटीले पनि पहल गरिरहेको नेपाल रेडक्रस सोसाइटी चितवनका सभापती ज्ञानशाली न्यौपाने बताउनु भयो । उपसभापति विदुर के.सीले पनि प्लाज्मा दान कार्यक्रमका लागि रेडक्रस चितवनका शाखाहरुमा समवन्य गरिरहेको बताउनु भयो ।




