मुख्य समाचार

नेकपा सचिवालय बैठक स्थगित, भोलि बस्ने

काठमाडौं । नेकपा सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आज अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै आइतबारसम्मका लागि स्थगित गरिएको हो । बैठक भोलि अपरान्ह ४ बजेका लागि तय गरिएको छ । शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सचिवालय बैठक बोलाउने सहमति भएको थियो । सचिवालय बैठकमा राजदूत नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल गर्ने तयारी छ । प्रधानमन्त्री ओलीले पार्टीसँग सल्लाह नगरी राजदूतहरू नियुक्त गरेको भन्दै नेकपामा असन्तुष्टि बढेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *