मुख्य समाचार

मृगौला पीडितलाई बस्नेतद्वारा सहयोग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले जुगल–५ चनौटेका मृगौला पीडित प्रविण आलेलाई उपचारका लागि सहयोग रकम हस्तान्तरण गरेका छन् । बस्नेतका कान्छा भाइ अमेरिका निवासी प्रकाश बस्नेतले पठाएको २ लाख ८६ हजार रुपैयाँ र नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले १६ हजार रुपैयाँ गरी ३ लाख १ हजार १ सय रुपैयाँ हस्तारण पीडितका परिवारलाई हस्तान्तरण गरेका हुन् ।

यसैगरी जुगल गाउँपालिका–५ का वडाअध्यक्ष सनतकुमार अधिकारीले संकलित रकम २ लाख २१ हजार ७ सय रुपैयाँ मृगौला पीडितलाई हस्तान्तरण गरेका थिए । सिन्धुपाल्चोकका आम नागरिकको दुःखसुखका सारथी नेपाली कांगे्रसका नेता बस्नेतले मृगौला पीडितलाई मात्र होइन, बाढीपहिरो र कोरोना संक्रमणका पीडितलाई निरन्तर सहयोग उपलब्ध गराउँदै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *