मुख्य समाचार

त्रिवि परीक्षा कार्यालय सिल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीमा कोरोना सङ्क्रमण देखिएपछि त्रिवि परीक्षा कार्यालय सिल गरिएको छ । परीक्षा नियन्त्रक जोशीमा कोरोना पुष्टि भएपछि परीक्षा नियन्त्रण कार्यालयले आइतबारसम्मको लागि सबै काम बन्द गरेको हो ।

कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि जोशी हाल होम आइसोलेसनमा बसेका छन् । आईओएमकी डिन दिव्या सिंहलाई कोरोना पोजेटिभ देखिएपछि जोशीसहित विश्वविद्यालयका अन्य अधिकारीले पीसीआर परीक्षण गराएका थिए। तर अन्यमा भने कोरोना देखिएको छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *