मुख्य समाचार

सहयोगी हातलाई तरुण दलद्वारा धन्यवाद

काठमाडौं । मृगौला रोगबाट पीडित नेपाल तरुण दल सुनसरीका पूर्वअध्यक्ष दुर्गा देवकोटाको उपचारमा सहयोग पु-याउने सबैलाई नेपाल तरुण दलले धन्यवाद दिएको छ । नेपाली काँग्रेसका युवा नेता काठमाडौं क्षेत्र नं. ३ का महासमिति सदस्य हरिबोल भण्डारी तथा नेपाल तरुण दलका नेता एवम् गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य शंकर खड्काको पहल र नेपाली काँग्रेस तरुण विभागका सदस्य विकास उप्रेतीको सक्रियतामा अमेरीकाबाट रु २,२३,०४० (दुई लाख तेईस हजार चालिस रुपैया) सहयोग संकलन गरिएको थियो ।

नेपाल तरुण दल अध्यक्ष जीतजंग बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रवासमा बसेर पनि संगठनका एक योद्धाप्रतिे यो अपार माया र सदभाव देखाएका सम्पूर्ण सहयोगी मनहरुप्रति नेपाल तरुण दल केन्द्रिय समिति मुक्तकंण्ठले प्रशंसा गर्दै हार्दिक आभार व्यक्त गर्दछ । साथै दुर्गा देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’

देवकोटाका लागि सहयोग गर्नेहरु, हरिबोल भण्डारी, शंकर खड्का, विकास उप्रेती, गौरीराज जोशी, सुनिल शाह, अन्नत सुबेदी, प्रमोद सिटौला, गुप्ता जोशी, अमृत सापकोटा, कृष्ण जीवी पन्त, उज्जवल खत्री, राजु बम्जन, अमृत कट्टेल, रघु सुवेदी, राजन त्रिपाठी, र प्रविन घिमिरेलगायतका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *