सिन्धुपाल्चोक । बाह्रबिसे ७ घुम्थाङमा पहिरोमा पुरिएका ९ जनाको शव भेटिएको छ ।हिरामाया नेवार, जुनु विक, याक्सि तामाङ, सुभलाल तामाङ, सन्देश विक, सर्किनी नेवारको शब भेटिएको छ । ३ जनाको सनाखत हुन बाँकी छ । ८ महिला र एक पुरुषको शब भेटिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानले जानकारी दिए । उक्त पहिरोमा पनि २३ जना वेपत्ता भएका छन् ।
बेपत्ता हुनेहरुमा रसबहादुर नेवार, यानिमाया प्रधान, दिलमाया श्रेष्ठ, करण श्रेष्ठ, रिता श्रेष्ठ, मनिष श्रेष्ठ, रबिना श्रेष्ठ, रियाशु शिबभक्ति र दुई महिनाको वालक रहेका छन् । त्यस्तै पदम कुमारी श्रेष्ठ, लालबहादुर श्रेष्ठ, लालबहादुरका छोरा छोरी, ट्यक्सि शेर्पा पनि बेपत्ता रहेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित स्थानीय यूवाहरु उद्दार कार्यमा खटिएका छन । पहिरोमा परि घाईते भएका ३ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याईएको छ ।




