मुख्य समाचार

संक्रमितको मूल ढोकामा वडाध्यक्षको ताला

काठमाडौं । भक्तपुरका एक संक्रमितको घरमा वडाध्यक्षले मान्छे भित्र राखेर घरको मूल ढोकामा ताला लगाइदिएका छन् । भक्तपुर नगरपालिका–१० मा एकजना कोरोना संक्रमितको घरमा वडाध्यक्षले ताला लगाइदिएका हुन् ।

उक्त घरका ४७ वर्षीय पुरूषमा केही दिनअघि कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको छ । घरबेटीलाई संक्रमण देखिएपछि भाडामा बस्ने ५ जनासहित १० जनालाई घरभित्रै राखेर ताला लगाइएको हो । तीन दिनअघि हामीले स्थानीय, घरबेटी र प्रहरीसँग समन्वय गरेर ताला लगाएको वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले बताए ।

सरकारले संक्रमितको घरपरिवारमा यस्तो अमानवीय काम गर्न कसैलाई अधिकार दिएको छैन । वडाध्यक्ष ह्यौंमिखाले परिवारकै अनुमतिमा ताला लगाएको बताउनु भयो । घरबेटीले नै अनुरोध गरेपछि ताला लगाइएको हो महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रवक्ता डिएसपी दीपक गिरीले बताउनु भयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *