काठमाडौं। २४ घण्टामा हालसम्मकै उच्च संक्रमित फेला परेका छन । आज देशभर १२ सय २१ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये ८ सय ७३ जना पुरुष र ३ सय ४८ जना महिला छन । नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।
काठमाडौं उपत्यकामा मात्र आज ४२९ संक्रमित थपिएका छन । काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जोगेश्वर गौतमले नियमित प्रस ब्रिफिगको क्रममा जानकारी दिए ।
१२ हजार ७ सय १७ जनाको पीसीआर परिक्षण गर्दा १२२१ जना संक्रमित भेटिएका हुन । शनिबार २ सय ६७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन । डिस्चार्ज हुनेको संख्या २० हजार ८ सय २२ पुगेको छ । संक्रमित निकोहुने दर ५४ प्रतिशत रहेको छ ।
संक्रमितको संख्या १७ हजार ५ सय १८ छ । जसमध्ये ६ हजार ९ सय ६ जना होम आइशोलशन र १० हजार ६ सय १२ जना संस्थागत आइशोलेशनमा छन ।
क्वारेनटाइनमा ७ हजार ७ सय ९७ जना छन । नेपालमा पीसीआर विधिबाट ६ लाख ८ हजार ५ सय ६१ जनाको परिक्षण भएको मन्त्रालयका प्रवक्ताले जानकारी दिए ।
मुस्ताग, र हुम्ला जिल्ला कोरोना मुक्त बनेका छन । मोरङ, धनुषा, पर्सा, महोत्तरी, रौतहट,सर्लाही,बारा, चितवन, रुपन्देही ललितपुर र काठमाडौं गरी ११ जिल्लमा संक्रमितको संख्या ५ सय नाघेको छ ।
कोरोना संक्रमणबाट आज थप १४ जनाको निधन भएको छ । यो संगै मृतकको संख्या २२१ पुगेको छ ।
संक्रमितहरु मध्ये १४४ जना आइसीयु र १७ जना भेन्टिलेटरमा उपचाररत छन ।




