मुख्य समाचार

पाटन अस्पतालमा दुई संक्रमितको मृत्यु

काठमाडौ । कोरोना संक्रमणको उपचार गराइरहेका दुईजनाको आज पाटन अस्पतालमा निधन भएको छ । ४१ वर्षीय महिला र ४५ वर्षीय पुरूषको शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । पाठेघरको क्यान्सर रोगी सुनौली घर भएकी महिलाको शुक्रबार बिहान ११ बजे मृत्यु भएको हो । यस्तै सर्लाही घर भएका पुरूषको बिहान साढे ९ बजे मृत्यु भएको थियो । मृतक पुरुषमा मधुमेह र रक्तचापको समस्या रहेको अस्पतालल बताएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ पुगेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *