मुख्य समाचार

अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा अधिकांश अप्रेसनमा खटिएका प्रहरी रहेको बताइएको छ । आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आयोगका जनसम्पर्क तथा सञ्चारविज्ञ शरद अधिकारीका अनुसार संक्रमण देखिएकामध्ये धेरैजसो प्रहरी छन्, केही नमुना अझै परीक्षण हुन बाँकी छ । अधिकारीका अनुसार प्रहरी प्रधान कार्यालयबाट काजमा आयोगमा आएका १ जना सईलाई ज्वरो आएपछि परीक्षण गर्दा कोरोना भाइरस पुष्टि भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *