काठमाडौं । नेपाली काँग्रेस प्रतिबन्धित र असहज अवस्थादेखि आफ्नो जीवन अर्पण गरेका पन्नाकाजी महर्जन यतिबेला गम्भीर स्वास्थ्य समस्यामा परेका छन् । जीवनको ऊर्जाशील समय नेपाली कांग्रेसमा समर्पित गरेका पन्नाकाजी कमजोर आर्थिक अवस्था भएकाले उचित उपचार पाउन सकेका छैनन् । उनको वास्तविकता प्रगतिमान रञ्जितले सार्वजनिक नगरिदिएको भए पन्नाकाजी गुमनाम हुने थिए ।
प्रगतिमानले पन्नाकाजी बचाउ अभियान सञ्चालन गरेर सहयोग जुटाइ रहेका छन् । खर्च अभावमा मृगौला प्रत्यारोपणका लागि छटपटाइरहेका पन्नाकाजीलाई यो अभियानले ठूलो राहत पुगेको बताइन्छ ।
नेपाली काँग्रेसलाई जीवन्त बनाउन पन्नाकाजीजस्ता प्रजातान्त्रिक योद्धाहरूलाई हामी सबै मिलेर सहयोग गरौं भन्दै प्रगतिमान रञ्जीतले अपिल गरेका छन् । उनको यो अपिललाई आत्मसात गर्दै गोकर्णोश्वर नगरप्रमुख सन्तोष चालिसेले ५० हजार, हरिबोल भण्डारीले ५० हजार, दक्ष पौडेलले १५ हजार र सुरजचन्द्र लामिछानले १० हजार, हिरालाल तन्डुकारले १० हजार, दिपक केसी र सुनिल बैद्यले ५ हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएका छन् । यसभन्दा अघि पनि केही नेपाली कांग्रेसका श्रदेय नेताहरुले नगद सहयोग गरिसकेका छन् ।




