मुख्य समाचार

खानाको अभावमा मृत्यु

जाजरकोट । गत असार २५ गते भीषण पहिरामा परी बारेकोट गाउँपालिका–४ मा ११ जनाको ज्यान गुमाएको केही दिन नबित्दै विस्थापित दलवीर सार्कीको मृत्यु भएको छ । त्रिपालमा खानबस्न अभाव हुँदा स्वास्थ्यावस्था कमजोर भई उनको मृत्यु भएको वडा सचिव डम्बर पुनले जानकारी दिनुभयो । आज बिहान मृत्यु भएका सार्की जस्तै त्रिपालमा बसेकालाई खानेकुराको निकै समस्या भएको सचिव पुनले बताउनुभयो । आधारभूत आवश्यकता पूर्ति नभए अन्य क्षति हुन सक्ने उनको जिकिर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *