काठमाडौं । वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल सुरु भएको छ ।
त्रिवि क्रिकेट मैदानमा १६ औँ ओभर सकिँदा रोकिएको खेल पुनः सुरु एको हो ।
आजको खेलमा युएईले टस हारेर पहिला ब्याटिंग गरिरहेको छ ।
युएईले अहिलेसम्म आफ्ना शिर्ष ५ विकेट गुमाएको छ । खेल रोकिदासम्म युएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको छ । अहिले युएईका आसिफ खान १५ रन र बसिल हमिद ६ रन बनाएर खेलिरहेका छन् ।
यसअघि युएईका ब्याट्सम्यान रोह मुस्तफा २, रमिज शाहजादले १, आर्यन लाक्रा १३, वृत्य अरविन्द ८ र कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए ।
त्यस्तै आजको खेलमा नेपाली बलरहरुले शानदार बलिङ गरिरहेका छन् । नेपालका लागि करण केसीले २ विकेट लिए भने सोमपाल कामी, ललित राजबंशी र सन्दीप लामिछानेले एल एक विकेट लिएका छन् ।
बर्षाले आजको खेल रोकिएमा भोली खेलले निरन्तरता पाउने छ । फाइनल खेलका लागि एक दिनको रिजर्भ डे राखिएको छ । भोलि पनि खेल हुन नसकेमा एकदिवसीय वरियतामा अगाडी रहेका कारण नेपाल एशिया कपमा छनौट हुने छ ।




