खेलकुद

सातदोबाटोले खुमलटारलाई हरायो

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई पराजित गरेको छ ।

विहिबार च्यासल मैदानमा सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले खुमालटारलाई २-१ गोल अन्तरले पराजित गरेको हो

सातोदोबाटोको जितमा दिपक सिंह ठकुरी र सारडोरबेक माटमुराटोभले एक एक गोल गरेका थिए । त्यस्तै खुमलटारका लागि एक गोल राजीव लोप्चनले गरेका थिए ।

जारी लिगमा सातोदोबाटोको यो चौथो जित हो । यो जितपछि सातदोबाटोको ५ खेलमा १२ अंक भएको छ ।

त्यस्तै खुमलटारको भने यो तेस्रो हार हो । खुमालटारको ५ खेलमा २ जित र ३ हारसहित ६ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *