काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत पीएनजीले नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याइरहेको छ ।
यसैक्रममा नेपालले आठौँ सफलता हासिल गरेको छ । बलर सन्दीप लामिछानेले २० रन बनाएर खेलिरहेका पीएनजीका रिले हेकुरेलाई आउट गरेका छन् ।
यस खेलमा सन्दीप लामिछानेको यो चौथो विकेट हो ।
यसअघि दिपेन्द्र सिंह ऐरीले २, कुशल मल्लले एक विकेट लिएका थिए भने एक विकेट नेपालले रनआउटको रुपमा लिएको थियो ।
यो समाचार तयार गरुन्जेल पीएनजीले ४२ ओभरमा ८ विकेट गुमाउदै १९८ रन बनाएको छ ।




