खेलकुद

नेपाललाई सातौं सफलता,कोकोले लिए विकेट?

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत पीएनजीले नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याइरहेको छ ।

यसैक्रममा नेपालले सातौ सफलता हासिल गरेको छ । बलर कुशल मल्लले ४२ रन बनाएर खेलिरहेका पीएनजीका कप्तान असाद भालालाई आउट गरेका छन् ।

यस अघि नेपालका लागि सन्दीप लामिछानेले ३, दिपेन्द्र सिंह ऐरीले २ विकेट लिएका थिए भने एक विकेट नेपालले रनआउटको रुपमा लिएको थियो ।

यो समाचार तयार गरुन्जेल पीएनजीले ३५ ओभरमा ७ विकेट गुमाउदै १५७ रन बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *