काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत पीएनजीले नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याइरहेको छ ।
यसैक्रममा नेपालले चौथो सफलता हासिल गरेको छ । बलर दिपेन्द्र सिंह ऐरीले १४ रन बनाएर खेलिरहेका पीएनजीका चार्लेज अमिनीलाई आउट गरेका छन् ।
दिपेन्द्रको यस खेलमा यो दोस्रो विकेट हो । यस अघि सन्दीप लामिछानेले एक विकेट लिएका थिए भने एक विकेट नेपालले रनआउटको रुपमा लिएको थियो ।
यो समाचार तयार गरुन्जेल पीएनजीले २८ ओभरमा ४ विकेट गुमाउदै १३० रन बनाएको छ ।




