ताजा समाचार

प्रधानमन्त्री प्रचण्डसँग दक्षिण कोरीयाका राष्ट्रपतिका विशेषदूतको भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेका दक्षिण कोरीयाका राष्ट्रपतिका विशेषदूत सुङ मिन जङले मङ्गलबार बिहान शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्तामा दुई पक्षीय सम्बन्ध बलियो बनाउने तथा नेपाल र दक्षिण कोरियाबीचको आर्थिक सहकार्यको विषयमा छलफल भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *