ताजा समाचार

राष्ट्रपतिमा गठबन्धनको उम्मेदवारलाई समर्थन गर्ने जनमत पार्टीको निर्णय

काठमाडौं । चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रपति र उपराष्ट्रपतिमा सत्ता गठबन्धनको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालयमा आइतबार बसेको बैठकले गठबन्धन टिकाएर अगाडि बढ्ने र राष्ट्रपति, उपराष्ट्रपतिमा गठबन्धनको उम्मेदवारलाई साझा मानेर सहयोग गर्ने निर्णय गरेको हो ।

पार्टीका महासचिव चन्द सिंहकाअनुसार आज बैठकले पार्टी सुदृढीकरण तथा संगठन विस्तारमा लाग्ने र सचिवालय व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *