राजनीति

बजेट प्रकरणमा एमालेले भन्याे- ‘हामीलाई पेलेर प्रतिवेदन लेखियाे’

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफूहरूलाई पेलेर प्रतिवेदन लेखेकाे आराेप लगाएकाे छ । निर्वतमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेकाे संसदीय समितिले शर्मा निर्दाेष ठहर्‍याएपछि एमालेले यस्ताे बताएकाे हाे ।

‘हामीलाई पेलेर प्रतिवेदन लेखियाे,’ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भनेका छन्, ‘हामीले यसलाई मानेका छैनाैँ ।’

एमालेले यसकाे प्रतिवाद संसद्‌मा र बाहिर पनि गर्ने उनले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *